१ सय २२ किलो गाँजा बरामद

समाचार

सुनसरी । देवानगंज गाउँपालिका–५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट अवैध लागूऔषध गाँजा १ सय २२ किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र मोटरसाइकलमा रहेको ४ वटा बोरा छाडी फरार भएपश्चात् बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ