टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

कपिलवस्तु । शिवराज नगरपालिका–२ हेलौडिहवास्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.२७ प १०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ ।

आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने भागिरथी यादवको छोरा १४ वर्षीय सुग्रिम यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रमममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ