मोरङ । विराटनगर महानगरपालिका–१३ एमएम प्लाष्टिक उद्योग छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४४ मिलिग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१४ बस्ने २१ वर्षीय दिपेश सिंह ठकुरी, सोही महानगरपालिका–१७ बस्ने १९ वर्षीय शिवम थापा मगर र सोही महानगरपालिका–१५ बस्ने २० वर्षीय सेजन राई रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले प्रदेश १–००१ ह १७८३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया