बारा । निजगढ नगरपालिका–७ निजगढ बजारस्थित रोहित वर्कशप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा उक्त वर्कशपका संचालक सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय रेशम मगरको सोमबार दिउँसो मृत्यु भएको छ ।
गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त सिलिण्डर पड्किँदा घाइते भएका ५ जनामध्ये ४ जनाको बयोधा अस्पताल वीरगंजमा र १ जनाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया