काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।
उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा सोमबार बिहान निधन भएको हो ।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।
सभामुख देवराज घिमिरे सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका थिए ।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज थिइन् । उन हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
तपाईको प्रतिक्रिया