मधेश प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

समाचार

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गर्दै एमालेलाई सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गर्दै एमाले नेतालाई सरकारमा सहभागी गराएका हुन् ।

सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एस) सहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ