सुनिता साह गुवाहाटीमा सम्मानित

समाचार

काठमाडौंं । मानव अधिकारकर्मी तथा आम जनता पार्टीकी नेतृ सुनिता साह ‘क्रान्ति’लाई ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरमले सम्मान गरेको छ ।

भारतको असम राज्यको गुवाहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम मार्फत विश्वभर मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा क्रियाशील सामाजिक अभियन्ताहरुलाई विभिन्न प्रकारका एवार्ड प्रदान गरिएको को हो ।

उक्त संस्थाको नेपाल अध्यक्ष तथा मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एक्सलेन्सी सर्भिस एवार्ड, अधिकारकर्मी तथा आजपा नेतृ सुनिता साहलाई सुभाष चन्द्र बोस फेलोसिप, नबल किशोर साहलाई भुपेन हजारिका फेलोसिप, गीता पासवान, सिकिन पासवान, बिभा पासवान, अनवर अलि र कामेश्वर प्रसाद साहलाई डा. एमबेडकर ग्लोबल फेलोशिप र प्रमिला गिरीलाई आलोक बेनरजी ग्लोबल फेलोशिप एवार्डबाट सम्मानित भएका छन् ।

संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दताले सबैलाई सम्मनित गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ