मधेशी एकता समाजद्वारा कतारमा होली उत्सव तथा इफ्तार कार्यक्रम मनाइयो

समाचार

काठमाडौं । मधेशी एकता समाज दोहा कतारले होली उत्सवका साथै रमादान इफ्तार कार्यक्रम मनाएको छ ।

विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले दोहाा कतारले हिन्दूहरुको होली र मुस्लिम समुदायको पवित्र रामजान महिनाको अवसरमा इफ्तार कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका सभा अध्यक्ष शिवकुमार महतोको अध्यक्षतामा महासचिव चन्द्रबीर यादवले कार्यक्रम संचालन एवं शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रबीर यादवद्वारा सबै पदाधिकारीहरुलाई स्वागतको साथै अवगत गराएका थिए ।

मधेशी एकता सामजका संस्थापक डा. रवीन्द्र यादवको विचार र यो संस्थालाई कसरी सुदृढ बनाउने बारेमा छोटो मन्तव्य राख्दै जोगिरा र होली गीत किर्तन मण्डलीको साथै खानामा मधेशको नानाथरीका परिकारहरु जस्तै मलपुआ, शुद्ध साकाहारी भोजन, तरुआ चटनीको आनन्द लिएका थिए ।

कार्यक्रममा पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, राम हृदय साह, कमलेश महतो, गंगा यादव, संजीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकाश यादवलगायत मधेशका विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मधेशी एकता समाजलाई कसरी सुदृढ गर्ने बारे गहन छलफलको साथै कार्यक्रमलाई अन्तिम सम्बोधन सभा अध्यक्ष शिवकुमार महतोले दिँदै कार्यक्रम समापन गरेका गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ