एक थान कटुवा पेस्तोलसहित २ जना पक्राउ

समाचार

सिरहा । सिरहा नगरपालिका–२ यादव टोलबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीय बिजय यादव र उनकै छोरा १९ वर्षीय राजा यादव रहेका छन् ।

घरायसी बादबिवाद भई उनीहरूबीच झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा उक्त पेस्तोल फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ