दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार

रौतहट । परोहा नगरपालिका–४ लौकाहास्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बीआर ०५ बीबी २८४० नम्बरको मोटरसाइकल र बीआर ३० यु २७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा बीआर ०५ बीबी २८४० नम्बरको मोटरसाइकल चालक बौधिमाई नगरपालिका–४ बस्ने २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका बीआर ३० यु २७६७ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि वीरगंज हेल्थ केयरमा र सोही मोटरसाइकलमा सवार १ जनालाई प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ