पर्सा । वीरगंज महानगरपालिका–२५ मौजे सिर्सियास्थित सडकमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
ना.१८ प ९८१६ नम्बरको मोटरसाइकल र ना.३१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ना.३१ प ३८३५ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन पटेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै हेल्थ केयर वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ना.१८ प ९८१६ नम्बरको मोटरसाइकल चालक समेत ३ जनालाई नारायणी अस्पताल हुँदै थप उपचारको लागि एनएमसी वीरगंजतर्फ पठाइएको छ ।
तपाईको प्रतिक्रिया