अवैध लागूऔषधसहित पक्राउ

समाचार

बाँके । खजुरा गाउँपालिका–२ ‘सि’ गाउँ बस्ने २५ वर्षीय बिमल सिंह ठकुरीलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

उनकै घरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ