कास्कीमा राष्ट्रिय एकता अभियान विस्तार

नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग

समाचार

काठमाडौं । राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् भने उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्ने कुरामा जोड दिए । नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको समेत उनले बताए ।

पोखरा अंतराष्ट्रीय विमानस्थलमा अंतराष्ट्रीय व्यवसायिक विमान यथाशीघ्र संचालनको व्यवस्था गर्नु पर्ने मांग समेत राखे ।

पोखरा विमानस्थललाई चीनले बीआरआईसँग जोडर अंतर्राष्ट्रिय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खण्डन र चीनलाई कूटनीतिक नोट नेपाल सरकारले मांग नगरूनजेल अंतराष्ट्रीय समुदाय एयरपोर्ट प्रतिको संदेह नहटने बताए । एयरपोर्टमा भएको भ्रस्टाचारीहरुलाई कार्यवाहीको दायरामा नलाये सम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।

कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव गुरुङ लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ