विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।
बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।
बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा ६२ सांसद उपस्थित थिए ।
कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन् । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा(एमाले) का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया