काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार सभामुखलाई पत्र लेख्दै ‘नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन भएको सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको’ भनी जानकारी गराएको हो ।
साथै अब जसपाले संसदमा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने समेत जनाएको छ । जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
तपाईको प्रतिक्रिया