सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने

समाचार

काठमाडौं । लोकतान्त्रिक गणतन्त्रः असललाई जिम्मेवारी खराबलाई दण्ड भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले जेठ १५ गते १७ औँ गणतन्त्र दिवस मनाउने भएको छ ।

यसैगरी शान्ति समाजले जेठ १९ गते आफ्नो २९ औँ स्थापना दिवसका सन्दर्भमा सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक शिर्षकमा देशव्यापी नागरिक संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।

साथै जेठ अन्तिम साता कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक पाँच वटा नागरिक संवाद कर्णाली प्रदेशमा आयोजना गर्नुका साथै कर्णाली प्रदेशका ८४ जना दलित समुदायका बालिकाहरुलाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान गरिने छ ।

तत्पश्चात तराई मधेशको जीवनरेखा–हुलाकी मार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण शिर्षकमा एक दर्जन जिल्लामा नागरिक संवाद कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ