जनकपुरधाममा कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

समाचार

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम सञ्चारकर्मीहरुका लागि असुरक्षित बन्दै गएको छ । धनुषा जिल्लामा एक महिना नबित्दै फेरि एक पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जनकपुरधामको थापाचोकमा शुक्रबार राति कारले मोटरसाइकलमा ठक्कर दिंँदा राजधानी जनकपुर अनलाइनमा कार्यरत पत्रकार ३२ वर्षीय शिवेन्द्र रोहिताको घटनास्थलमै मृत्यु भएको हो ।

थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका ८ का बासिन्दा हुन् ।

कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि, गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा ढल्केवर–जनकपुरधाम सडकखण्डमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा बस्ने पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । उनी न्यूजब्युरो डटकमका कार्यकारी सम्पादक थिए ।

स्व.पत्रकार यादवको हत्या भएको शंकामा धनुषा प्रहरीले चार जनामाथि मुद्दासमेत दायर गरेको छ ।

यस्तै, मृतक पत्रकार रोहिताको पनि हत्या भएको हुन सक्ने आशंका गरिँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ