राजविराजमा राष्ट्रिय मुक्ति क्रान्तिको सम्वादात्मक कार्यक्रम सम्पन्न

समाचार

सप्तरी । राष्ट्रिय मुक्ति क्रान्तिले राजविराजमा सम्वादात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार साह सेवा सदनको सभाकक्षमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरोको आयोजना र दिपेन्द्र चौधरीको अध्यक्षतामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको हो ।

रामजी यादवद्वारा उद्घोषन गरिएको कार्यक्रममा रिना झाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा केशव झाले विषय वस्तुको बारेमा विस्तृत जानकारी दिदै उदारवाद र मार्क्सवाद दुनियाबाट असफल भैसकेकोले बहुलराष्ट्र राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, शिक्षक, पूर्वमन्त्री, संविधानसभा सदस्य लगायत प्रबुद्ध वर्गको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुर्वमन्त्री उमेश यादवले समाजमा अराजकता बढेको बेला र शुन्यतातर्फ अग्रसर रहेको अवस्थामा यस खाले वैचारिक बहस गरिएकोमा खुशी व्यक्त गरे । वक्ताहरुले मौलिक विचारको आधारमा समाज व्यवस्था गर्ने प्रयासको सराहना गरेका थिए ।

कार्यक्रममा पुर्वमन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय, संविधानसभा सदस्य महेश यादव, विष्णु मण्डल, सन्तोष चौधरी, हेम नारायण मिश्र, राम लखन यादव लगायतका वक्ताहरुले महत्त्वपूर्ण सल्लाह, सुझाव र जिज्ञासा राखेका थिए ।

राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी कौशल सिंह, राजिव झा, अनिल महासेठ, पंकज देव, उपेन्द्र मण्डल, राम सागर मण्डल, मनोज झा लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ