मधेशमा जनमतका सिंह मुख्यमन्त्री बन्ने

समाचार

जनकपुरधाम । मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा जनमत पार्टीका प्रदेश सभाका सदस्य सतिश सिंह बन्न लागेका छन् ।

जनता समाजवादी पार्टी नेपाल नेतृत्वमा रहेका सरकार बुधबार प्रदेश सभाबाट विश्वासको मत लिनमा असफल भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा सिंह बन्ने पक्का भएको छ ।

जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले सिंहलाई मधेशको मुख्यमन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिएका छन् ।

जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार बनाउन लागेको हो ।

जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले पनि सिंहलाई मुख्यमन्त्री पार्टीले बनाउन लागेको छ । सप्तरी जिल्लाको निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र नंं २ को १ वाट निर्वाचित भएका छन् ।

यसअघि २०७४ मा तत्कालीन राजपाबाट तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएर सफलता पूर्वक कार्यसञ्चालन गरिसकेका छन् । गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट पुनः सोही पालिकामा चुनाव लडेपनि पराजित भएका थिए ।

प्रदेशसभाको निर्वाचनमा भने उनी जनमतबाट निर्वाचित भएका थिए । उनी लोसपाको राष्ट्रियसभा सदस्य शेखर सिंहका छोरा हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ