सुनसरी । जिल्लाको दुहवी नगरपालिका–३ मा आगलागी हुँदा करोडौंको धनमाल जलेर नष्ट भएको छ ।
दुहबी–३ डांगाचोक बस्ने अभिनन्दन यादवको चिया पसलमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा आगो फैलिएर सोही नगरपालिका–९ बस्ने जाहेर हुसेनकको साहरा फर्निचर ग्रिल उद्योग तथा चन्द्रनाथ भट्टराइको कामना फर्निचरमा समेत आगलागी हुँदा फर्निचर, ग्रिल उद्योग तथा चिया पसल पूर्णरूपमा जलेर अन्दाजी १ करोड २८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया