काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले खेर गइरहेको निजी÷आवादी जमीनमा हरियाली बनाउन छिटो छरितो बढ्ने विरुवाहरुको वृक्षारोपण अभियान संचालन गरी जलवायु परिवर्तनका असरको न्यूनीकरणमा कार्ययोजनासहित रोडम्यापका साथ अघि बढ्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा सोमबार पारिवारिक निजी वनबारे राष्ट्रिय कार्यशाला एवं पारिवारिक निजी वन संघ, नेपाल (एएफएफओएन) को तेस्रो राष्ट्रिय महाअधिवेशनको समुद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘बढ्दो बसाई–सराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदुषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नु पर्दछ ।’
उपराष्ट्रपति यादवले वन तथा वातावरण संरक्षणमा सफल सक्रियता निर्वाह गरिसकेकाहरुलाई अग्रपंक्तिमा राखेर उनीहरुले यो क्षेत्रमा अंगालेका अनुभव साटासाट र सिकाइ–उपलब्धिहरुलाई सरोकारवाला समक्ष पुर्याउन सके निजी वनले वातावरणमा पुर्याउदै आएको योगदान थप फराकिलो र व्यापक हुन सक्ने समेत बताए ।
‘जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा निजी वनले पु¥याएको योगदानको समिक्षा र मूल्यांकन सबै पक्षबाट हुनु नितान्त जरुरी छ ’ उनले भने, ‘यसले निजी वनको महत्व, उपादेयता, आवश्यकता र सान्दर्भिकताको औचित्यलाई पुष्टि गर्नमा सहयोग पुग्न सक्दछ ।’
उनले साझा धारणा, मुद्दा र अभियानका साथ अघि बढनेहरुबाटै देशको विकास, उन्नति, प्रगति र उन्नयन हुने उल्लेख गर्दै सबै क्षेत्र र भूगोलको निजी, आवादी जमीनमा कृषि वन तथा निजी वनको विस्तार र प्रवर्धन गरी वन पैदावरमा आत्मनिर्भर बनाउने, उद्यमशिलताको विकास गरी आर्थिक समृद्धिमा सहयोग पुग्ने कार्ययोजनाका साथ अघि बढ्ने प्रण र अठोट पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा उपराष्ट्रपति यादवले पर्यापर्यटन विकास, वन उद्यम प्रवद्र्धनमा टेवा पु¥याउँदै हरित रोजगार सृजना गर्ने तथा राष्ट्रिय समृद्धि अभियानमा आजको कार्यशाला र आयोजक संस्था सफल बनोस भन्ने शुभकामना पनि व्यक्त गरे ।
तपाईको प्रतिक्रिया