जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु (प्रतिवेदनसहित)

समाचार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन उपर छलफल गर्न प्रतिनिधिहरुलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समुहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समुहमा एक सय बीस जना प्रतिनिधि रहेका छन् ।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ