मधेशको मुख्यन्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता महतो नियुक्त

समाचार

जनकपुरधाम । मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त भएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन् ।

मुख्यन्यायाधिवक्ता धनुषा जिल्लाको सबैला नगरपालिका–६ निवासी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ