पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु

समाचार

धनुषा । धनौजी गाउँपालिका–५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुन रहेका छन् ।

डुबेर अशक्त भएका उनीहरू मध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने जिनत र अजमेरीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ