अजयकुमार सिंह, महोत्तरी । महोत्तरीको लोहारपटी नगरपालिका वडा न. ७ स्थित रामदेव जनता माध्यमिक विद्यालय भ्रमरपुरामा एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिको गठन भएको हो ।
नव गठित व्यवस्थापन समितिको पूरा कार्य समिति निर्विरोध निवाचित भएको हो ।
नवनिर्वाचित समितिको अध्यक्षमा ई. गौरी पण्डित रहेका छन् भने सदस्यहरुमा तसलिम कवारी, महिला सदस्य शुभद्रा देवी यादव, शैलिया देवी, शिक्षाप्रेमी गंगा देवी, चन्दा सदस्य संजय शर्मा, पदेन सदस्य (वडा अध्यक्ष) गणेश ठाकुर, शिक्षक प्रतिनिधि रंजितकुमार साह र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नागेन्द्र पाण्डेय रहेका छन् ।
विद्यालयको पठनपाठनलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आएका ई गौरी पण्डितले आफु यसै विद्यालयबाट एस.एल.सी गरेको र स्थानीय भएको नाताले विद्यालयलाई केही राम्रो गर्नुपर्छ भन्ने मनसायका साथ आएको बताउँदै पठनपाठनमा सुधार गर्नका लागि स्थानीय राजनितिक दल, अभिभावकहरु समेतको भूमिका सक्रिय गराउनु पर्नेमा जोड दिँदै आफूले भ्याएसम्म भौतिक संरचनामा निर्माणमा सहयोग गरेकै छु र आउँदो समयमा पनि लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष पण्डित नेपाल इन्जिनियर एसोशिएन मधेश प्रदेशका अध्यक्ष समेत हुन् । साथै एउटा कुशल र दक्ष ईन्जिनियर समेत हुन् ।
तपाईको प्रतिक्रिया