महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कागतीको बिरुवा वितरण कार्य शुरू गरेको छ ।
यसैबीच मटिहानी वड़ा नं.७ का स्थानीयहरुलाई कागतीको बिरुवा वितरण कार्यको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका छन् ।
सो अवसरमा बोल्दै प्रमुख मण्डलले कागतीमा भिटामिन सी प्रशस्त मात्रामा पाउने र यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको हुँदा यसले हामीलाई विभिन्न रोग बाट बच्न सहयोग पुग्ने बताए ।
कृषि तथा पशु विकासमा आधारित नगर स्तरीय कार्यक्रम अन्तर्गत हरेक घरपरिवारलाई पुग्ने गरी करिब १० हजार कागतीको बिरुवा पालिकाले ९ वटै वडामा वितरण गर्ने कार्यक्रम रहेको कुरा कृषि सहायक प्राविधिक टंक उपाध्यायले बताए ।
त्यसैगरी स्थानीय भदैया मण्डल, बैजनाथ कापर लगायतकाहरुले कागतीको बिरुवा पाए पछि खुशी व्यक्त गरेका छन् ।
सो कार्यक्रममा मटिहानी वड़ा नं.७ का वड़ा अध्यक्ष जितनारायन माझी, वड़ा नं.७ का वड़ा अध्यक्ष कलीम अंसारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया