रूपन्देही । तिलोत्तमा नगरपालिका–१५ कोटिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।
युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक भारत महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसियाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना उपचारको लागि भारततर्फ गएको बताइएको छ ।
तपाईको प्रतिक्रिया