काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि केन्द्रीय समिति नामावली सार्वजनिक भएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले २१५ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् ।
अध्यक्ष यादवले २०८१ असार २७ गते नामावली सार्वजनिक गर्दै भनेका छन् – जनता समाजवादी पार्टी, नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ साल जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न भयो । उक्त महाधिवेशनले जसपा, नेपालको विधान २०८० को (संशोधित) धारा १४१ (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशनद्वारा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अध्यक्षलाई केन्द्रीय समिति पदाधिकारी कार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको हुँदा सोही अधिकार र पार्टीको विधान २०३० को धारा ८७ (१) मा भएको व्यवस्था अनुसार समेत निर्णय गरी जनता समाजवादी पार्टी, नेपालको निम्न बमोजिम केन्द्रीय समिति गठन गरिएको छ।
अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरिएको नामावली यस प्रकार रहेको छ ।
तपाईको प्रतिक्रिया