“महासंघकै संरचनाभित्रबाट समाधान खोजिनुपर्छ”

समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार महासंघको सदस्यताको विवाद राजनीतिक दलको प्लेटफर्मभित्रबाट नभई पत्रकार महासंघकै संरचनाभित्रबाट समाधान खोजिनुपर्ने बताएका छन् ।

“यदि राजनीतिक दलको प्लेटफर्मबाट समाधान खोज्नु भनेको व्यवसायिकतालाई अझ कमजोर बनाउँदै जानु हो” पूर्व अध्यक्ष गाउँलेले क्रियाशील पत्रकारहरुको साझा मोर्चाको अन्तरक्रिया कार्यक्रममा भने ।

बुधबार मधेश मिडिया हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा मोर्चाका तर्फबाट श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले अवधारणा प्रस्तुत गरेपछि पूर्व अध्यक्ष गाउँलेले बलियो गरी प्रश्न गर्नुपर्ने पत्रकारितालाई प्रश्न गर्नै कमजोर हुनुपर्ने स्थिति हुन नहुने विचार राखे ।

“पत्रकारको संस्थाको बारेमा राजनीतिक दलबाट समाधान खोजिन्छ भने त्यही पेशामाथि प्रश्न उठ्दैन रु, गैर पत्रकारहरुको यतिविग्न चासो किन रु” गाउँलेको प्रश्न थियो ।

मोर्चाका संयोजक योगेन्द्रप्रताप शाहीको अध्यक्षतामा भएको अन्तरक्रियामा पूर्व सभापति गाउँलेले आफ्नै संरचनाभित्रबाट समाधान खोज्दा सदस्यताको विवाद केही घण्टाभित्रै सुल्झिने र निर्वाचन पनि सहजै सम्पन्न गर्न सकिने बताए । उनले राज्यका महत्वपूर्ण संरचना कमजोर गर्ने डिजाइन अन्तर्गत यसो भएको हुनसक्ने आशंका व्यक्त गरे ।

सुर्खेत साधारण सभाले बनाएको शुद्धिकरण समितिका सदस्य धर्मेन्द्र कर्णले वर्तमान केन्द्रीय समितिले शुद्धिकरण समिति बनाएर समितिकै अधिकार अपहरण गरेको आरोप लगाए । सम्पन्न भएको भनिएको २७ औं महाधिवेशनको बैधानिकता नभएको कर्णले बताए ।

”“६ महिनाअघि नै सदस्यताबारे फाइनल गरेर मात्र महाधिवेशन गर्ने विधानमा व्यवस्था छ, तर त्यो थाती राखेर महाधिवेशन गर्नु अबैधानिक हो,” पूर्व सचिवसमेत रहेका कर्णले भने । अहिले देखिएको मुल समस्याको कारक नै सिहदरबारको आडमा महासंघलाई संकटमा पार्ने अध्यक्ष मण्डल भएको उनको जिकिर थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले ठूला संगठनका नेता र अध्यक्ष मण्डलको स्वार्थका कारण महासंघ संकटमा परेको आरोप लगाए । “महासंघलाई बालुवाटारमा छिराएपछि कसरी समाधान हुन्छ रु” पाण्डको प्रश्न छ, “सब क्रियाशील पत्रकारहरुले दवाब सिर्जना किन नगर्ने ?”

पत्रकार महासंघका पहिला महिला उपाध्यक्ष राधा बुढाथोकीले महासंघको वर्तमान कार्यशैलीले आप्नै पेशाप्रति गम्भीर प्रश्न उठेको भन्दै चिन्ता व्यक्त गरिन् ।

वाइलाइन लेख्ने पत्रकारलाई मात्र सदस्यता दिनुपर्नेमा कार्यकर्ता भर्तिकेन्द्र बनाइनु दुःखत् भएको उनले बताइन् । मोर्चाका तर्फबाट अभियान्ता जैसीले पेश गरेको ४ पृष्ठको कार्यपत्रमा महासंघको सदस्यताबारे, महासंघको पुनर्संरचनाबारे, साना तथा स्वरोजगार मिडियाबारे, श्रमजीवीले भोगेका श्रम समस्याबारे विस्तृतमा व्याख्यासहित समाधानका उपायबारे नयाँ अवधारणा प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ