शास्त्रीय संगीतका वरिष्ठ गायक गुरुदेव कामको निधन

समाचार

सिरहा । शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा बिहीबार बिहान ८ बजे निधन भएको हो ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए ।

पछिल्लो समय उनलाई घरमा डायलासिस गराउने गरिएको थियो ।

शास्त्रीय सगीतका वरिष्ठ गायक एबम गुरुकुल पाठ्शालाका संचालकसमेत रहेका थिए । पाँच दशकदेखि सांगतिक क्षेत्रमा लागेका थिए । अचानक दुबै मृगौला फेल भए पछि काठमाडौ को महगो उपचार खर्चको अभावमा सिरहाको लहानमा डायलोसिस गराइरहेका थिए ।

उपचारका लागि राज्य र सम्बन्धित निकायलाई बारम्बार हारगुहार गरे पनि कतैबाट पनि ठोस सहयोग भएन । रास्ट्रका लागि जतिसुकै योगदान गरे पनि सहयोग पहुँचबालाले मात्र पाउँदा रहेछन् ।

नेपालको सांगीतिक क्षेत्रका कैयौँ नाम चलेका गायक–गायिकाका गुरु, प्रख्यात शास्त्रीय गायक तथा संगीतकार गुरुदेव कामत दुवै मृगौला फेल भएर केही महिनादेखि थला परेका थिए । उनको उपचारमा शुभेच्छुकहरूले आर्थिक सहयोग पनि गर्दै आएका थिए, तर मृगौला फेर्नुपर्ने र १५–२० लाख खर्च लाग्ने भएपछि उहाँको उपचारको जिम्मा राज्यले लिनुपर्ने थियो ।

सांगीतिक क्षेत्रमा सक्रिय कामतको योगदान ठूला भनाउँदा राजनीतिज्ञहरूभन्दा कैयौँ गुणा बढी छ । अरबपति नेताहरूलाई उपचार खर्च दिएर राज्यले आफ्नो ढुकुटीबाट अहिलेसम्म करोडौँ रुपैयाँको दुरुपयोग गरिसकेको छ ।

तर, जीवनका लागि संघर्षरत संगीत साधक कामतलाई आर्थिक सहयोग गर्न नसक्नुले राज्यका स्रोत साधन नेता र तिनीहरूका भरौटेका लागि मात्र रहेको थप प्रष्ट भएको छ । राज्यको यस उदासीनताले सोच्न बाध्य बनाएको छ कि के साँच्चै राष्ट्रको धरोहरको सम्मान गरिँदैछ ?

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ