जनकपुर । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाएको छ ।
सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा शास्त्रीय संगीतका गुरु कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो ।
आइतबार दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका थिए ।
शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेव जीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम क्षणसँग लड्दै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँ लागिरहनुभयो ।’
तपाईको प्रतिक्रिया