सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

समाचार

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर नियुक्त भएका छन् ।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आइतबार शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाह मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनलाई काँग्रेस र एमालेको समर्थन रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा (बहुमत) २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेसका १८ र एमाले ११ गरि २९ जना प्रदेशसभा सदस्य छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ