पूर्वमन्त्री खानद्वारा दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

समाचार

बर्दिया । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य समेत रहेका खानले १ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँडेका हुन् ।

उनले विभिन्न १० विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

खानले विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गराउन शैक्षिक सामाग्री वितरण गरिएको बताएका छन् ।

खानले शिक्षामा लगानी नगरेसम्म सभ्य समाज नबन्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए । उनले निकट भविष्यमा विद्यार्थीका लागि विशेष योजना बनाएर बालबालिकाको भविष्य निर्माणमा जोड दिइने बताए ।

कार्यक्रममा सहभागी विद्यार्थीले गीत मार्फत स्वागतसँगै शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जनमत पार्टीका अन्य नेतासहित सयौंको उपस्थिति रहेको खानका निजी सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ