काठमाडौं । बंगलादेशमा नागरिकहरुद्वारा गरिएको सडक संघर्षले निर्वाचित सरकार प्रमुख अपदस्थ भएको घटनाले बंगलादेशको लोकतन्त्रिक यात्रा अवरुद्ध भएकोप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चिन्ता व्यक्त गरेको छ ।
लोसपाका महासचिव डा.सुरेन्द्र कुमार झाले एक विज्ञप्ति जारी गरी अराजकताले जनताको “शान्ति तथा समृद्धिको चाहनालाई आघात पुरÞ्याउने हुँदा यथासिघ्र बंगलादेशमा समान्यस्थिती एवं शान्ति सुरक्षा बहाल गर्दै कानूनी राज्यको प्रत्याभूतीको चाहना व्यक्त गरेका छन् ।
असमान्य अवस्थामा हिन्दु, बौद्ध, अल्पसंख्यक धर्मावलम्वि नागरिकहरु लगायत अन्य अल्पसंख्यकहरु माथि भईरहेको संघातिक हमला तथा दुरव्यवहार प्रति लोसपाको गम्भिर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।
मानव अधिकारको संरक्षण गर्दै हिन्दु, बौद्ध धर्मावलम्वि नागरिकहरुलाई शान्ति सुरक्षा को प्रत्याभुति प्रदान गर्न नवगठित सरकार तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ÷संस्थाहरुलाई लोसपा नेपालले अपील गरेको छ ।
तपाईको प्रतिक्रिया