काठमाडौं । संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएको छ ।
समितिका सभापति राजकिशोर यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूत पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
समितिको निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने ।’
यसैगरी, सो बैठकमा परराष्ट्रमन्त्रीको हालै सम्पन्न र राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्र मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरेको थियो ।
तपाईको प्रतिक्रिया