निःशूल्क बृहत आँखा जाँच शिविर सम्पन्न

समाचार

इमरान खान, कपिलवस्तु, १९ भाद्र । कपिलवस्तु र रुपन्देही जिल्लाका आँखा बिरामीहरुको बृहत निःशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

ह्यूमेन डेभलपमेन्ट एकेडेमी, काठमाडौंको आयोजना इस्लामिक संघ नेपाल, कपिलवस्तुको संयोजकत्वमा तथा तौलिहवा आँखा अस्पताल तौलिहवा कपिलवस्तु प्राबिधिक टोलीको डाक्टर प्रमोद यादव लगायतका डाक्टरहरुको उपस्थितिमा आँखा चेकजाँच तथा बिरामीलाई शल्यक्रिया पश्चात आँखाको ज्योति फर्किएर उहि आँखाबाट संसार हेर्न पाउने भएकाले तौलिहवा आँखा अस्पताल तौलिहवा, कपिलवस्तुका अध्यक्ष मनोज श्रीवास्तवले बिशेष धन्यवाद दिएका छन् ।

पडेरिया लुम्बिनी, महाजिदिया लुम्बिनी, मायादेवी गाउँपालिका, कपिलवस्तु, महाराजगंज नगरपालिका, कपिलवस्तु तथा कपिलवस्तु नगरपालिका गरि ७७७ आँखा बिरामीहरुको चेक जाँच गरि २५३ जनामा मोतिबिन्दको बिरामी भेटिए र जस मध्य १६५ जना मोतिबिन्दको शल्यक्रिया भएको थियो ।

८८ जनामा सुगर र हार्टका बिरामी भएकाले शल्यक्रिया हुन सकेना डाक्टर प्रमोद यादवले बताए ।

गरिब असहाय जनताहरु जसले दुइ छाक खाना लाई ब्यवस्था गर्न सकिदैन उनिहरु औषधि उपचार कहाँबाट गराउने पैसा कहाँबाट आँउछ भन्ने सोचलाई लिई इस्लामिक संघ नेपाल, कपिलवस्तुका अध्यक्ष सेराज अहमद फलाहीले यस कार्यक्रमलाई लिएर आई जनताहरुलाई एउटा राहत स्वरुप दिएको जनताहरु अत्यान्त खुशी भएका थिए ।

अध्यक्ष सेराज अहमद फलाहीले आउने दिनमा थप अरु राहतका सामाग्रीहरु ल्याउने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ