काठमाडौं । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको शनिबार दस पार्टी भेन्यु एण्ड रिसेप्सन कालीमाटीमा बसेको समीक्षा बैठकले भाद्र ३१ गते मसाल जुलुस प्रदर्शन र र असोज ३ गते माइतीघर मण्डला (फिब्वः ख्य) मा विशाल बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
साथै यस आन्दोलनमा साथ सहयोग गरिरहेका विभिन्न पक्षलाई उक्त विरोध कार्यक्रममा समर्थन गर्न आग्रह गरिएको छ ।
सुमन सायमीको संयोजकत्वमा शुरु भएको कार्यक्रममा केशव झा, स्वागत नेपाल, राजाराम तण्डुकार, अनुज थापा, मनिराम चौलागाईं लगायत अन्य वक्ताहरुले आन्दोलनमा समर्थन जनाएका थिए । कार्यक्रम रबिन्द्र कुमार श्रेष्ठले संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया