इण्डो–नेपाल फ्रेण्डसिप पुरस्कारबाट आठ जना सम्मानित

समाचार

काठमाडौं । समाजका विभिन्न क्षेत्रमा विशेष योगदान दिएका नेपालका आठ जना व्यक्तित्वहरुलाई भारतको सिक्किममा सम्मान गरिएको छ ।

दार्जिलिंग हिमालयन कला सभागारमा आइतबार इण्डो–नेपाल फ्रेण्डसिप पुरस्कारबाट आठ जना समाजसेवी तथा राजनीतिकर्मीलाई सम्मान गरिएको हो ।

महानन्द सरकारको अध्यक्षतामा ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउण्डेशन रिसर्च इन्स्टीट्यूटद्वारा आयोजित पुरस्कार समारोहको प्रमुख अतिथि समाजसेवी अशोक अग्रवाल रहेका थिए ।

मानव अधिकार, महिला हिंसाविरुद्ध, कोविडको संकटमा मानवीय सेवा प्रदान गरेका व्यक्तित्वहरु मधेश प्रदेशका पूर्वसांसद नेत्र विक्रम शाह, समाजसेवी तथा आजपाकी नेतृ सुनिता साह क्रान्ति, डा.नवल किशोर साह, डा. अनिशा अछामी, युवा अभियानी समोद कुमार साह, समाजसेवी कामेश्वर साह, मो.अनवर अलीलाई प्रशंसा पत्र, मेडल तथा खादासहित इण्डो–नेपाल फ्राइंडशिप पुरस्कारबाट सम्मानित गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ