काठमाडौं । आम जनता पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरी ठूलो मात्रामा जनधनका साथै भौतिक पुर्बाधारको क्षति भएको छ । कतिपय परिवार घरबारबिहीन भएका छन् ।
अविरल बर्षाले धेरै परिवार घरबार बिहिन भई खाने, बस्ने समस्यामा छ । बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ । बाढीपहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ आजपा अध्यक्ष साहले भने, ‘अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरुलाई म बिशेष अनुरोध गर्दछु ।’
साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने ब्यवस्थापन लगायत बिषयमा बिशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार विभिन्न नदिहरुमा आएको बाढीले स्थानीय नागरिकहरु समस्यमा परेका छन् । अविरल बर्षाले तराई मधेसमा बाढी र पहाडमा पहिरोले नागरिकहरु पीडित भएका छन् ।
बाढीले कतिपय राजमार्ग अवरुद्ध छ भने आवागमन अवरुद्ध छ । खराब मौसमका कारण हवाई उडान समेत बन्द रहेको छ । सरकारले सचेत भई बस्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया