राकेश यादव, रौतहट । जिल्लामा ३ जनाको मृत्यु भएको छ । लाल बकैया तथा बागमती नदीमा आएको बाढीले गर्दा २ जना तथा करेन्ट लागेर १ जना गरी ३ जना मृत्यु भएको हो ।
बाढीको पानीमा डुबेर स्थानीय दुर्गा भगवती गाउपालिका वडा नम्बर ४ पचरुखी बस्ने बर्ष ३५ को राजकुमार मुखिया माछा मार्ने क्रममा डुबेको तथा परोहा नगरपालिका वडा नम्बर ७ नरकटिया बस्ने १४ बर्षीय बालिका आशा कुमारी साहको घास काट्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बौद्धिमाई नगरपालिका वडा नम्बर २ इनर्वामा घरमा रहेको कलमा पानी खान गएको बेला करेन्ट लागेर १४ बर्षीय अनिल महतोको करेन्ट लागेर मृत्यु भएको हो।
असोज १० गते राती देखि परेको अविरल वर्षाको कारण आएको बाढीको कारण जिल्लाको गौर नगर पालिका, राजदेवी नगर पालिका, इशनाथ नगरपालिका, दुर्गा भगवती गाउपालिका, गढि़माई नगरपालिका,माधव नारायण नगरपालिका, राजपुर नगर पालिका, परोहा नगरपालिका, बौद्धिमाइ नगर पालिका, मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ ।
राजदेवी नगरपालिका वडा नम्बर ६ स्थित रहेको बाढ़ भत्किदा राजदेवी नगर पालिका वडा नम्बर ६, ७, ८, ४ गौर नगरपालिकाको वडा नम्बर १, २, ५, ७, ८, ९, पूर्ण रुपमा जालमाग्न भएको छ ।
बाढीको कारण अहिले सम्म ६ जना सामान्य घाइते भएका छन् भने १२३ को उदार गरिएको छ। १८०५ घरधुरीको ५५९५ जना मानिस बिस्थापित भएको छ ।
१२४५ घर डुबानमा परेको छ भने ४ जनाको घर भत्किएको छ। बाढीको पानीको कारण ७ वटा बाटो पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया