बाढी पीडितहरुको समस्या समाधान गर्न पूर्वप्रदेश प्रमुख डा.अहिराजको आग्रह

समाचार

सर्लाही । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले बाढपिडितको अवस्था बुझ्न स्थलगत निरीक्षण गर्दै पीडितहरुको समस्या समाधान गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

असोज १२ गते आएको बाढीले गर्दा सर्लाहीको ४ वटा पालिकामा क्षति पुर्याएको छ । असोज ८ गतेदेखि परेको अबिरल बर्षाका कारण असोज १२ गतेका दिन कुले खानी विद्युत परियोजनामा रहेका ड्यामको ढोका खोलेपछि बागमती खोलामा ठुलो बाढी आएको थियो ।

त्यो बाढले गर्दा सर्लाही जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका र बसवरिया गाउपालिकाका केही वडाहरूमा ठुलो क्षति पुर्याएको छ भने घरहरू डुबानमा परेका छन् ।

तीन दिनदेखि भोखै बस्नु परेको बाढीपीडित स्थानीय जनताहरूले पूर्वप्रदेश प्रमुख डा.अहिराज समक्ष गुनासो गरेका थिए । सरकारी स्तरबाट कुनै पनि प्रकारको राहत नपाएको उनीहरूले बताए ।

मधेश प्रदेश सरकारले बाढीपीडितहरूको सहयोगका लागि ठूलो राहत दिने घोषणा गरे पनि आम जनता भोखभाखै बस्नु परेको स्थानीयहरूले बताए । आम जनता बाढीपीडितहरू समस्या भोगि रहेको छ, भने यता प्रदेश बिपत व्यबस्थापन समिति मिटिंग माथि मिटिंग गरेर मात्र बसेको प्रति पूर्वप्रदेश प्रमुख डा.अहिराजले दुःख व्यक्त गरे ।

बाढीपीडित क्षेत्रहरूमा खानबस्न कठिनाइ भइरहेकोले यस क्षेत्रहरूमा महामारीको जोखिम समेत ब्ढदै गएकोले बाढीपीडितहरूको समस्या समाधानका लागि छिटोभन्दा छिटो पहल गरिदिन डा.अहिराजले सरोकारवाला निकायसँग आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ