कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले गाई भैंसीबाट उत्पादन हुने दुधको उत्पादकत्व वृद्धि गर्नको लागि ५ जिल्लामा पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम निःशुल्क गर्ने भएको छ ।
आर्थिक बर्ष २०८१।८२ को लागि सरकारले कार्यविधि तयार गरि तत्काल कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तु द्धारा तौलिहवामा आयोजित इन्सिमिनेटर गोष्ठी कार्यक्रमा पशु विकास निर्देशक डा.प्रवेज आलमले यस्तो बताएका हुन् ।
गाई भैसीमा कृत्रिम गर्भाधान गराई उन्नत जातको विज मार्फत दुधको उत्पादकत्व बृद्धि गर्न किसानको घरदैलोमा पुगेर सेवा दिने गरि यो कार्यक्रम संचालनमा आएको निर्देशक आलमले बताए ।
प्रदेश सरकारले कपिलवस्तु,रुपन्देही, पाल्पा, गुल्मी र प्यूठान जिल्लामा यसै वर्षमा पाइलट पोजेक्टको रुपमा यो कार्यक्रमलाई अगाडी सारेको छ । त्यसको लागि पहाडी जिल्लामा इसिन्समेनेटरलाई ६ सय पारिश्रमीक र तराईका जिल्लामा ४ सय पारिश्रमीक दिने व्यवस्था मिलाइएको छ ।
किसानहरुको लागि वशं सुधार र उत्पादन बृद्धी र्नको लागि यो कार्यक्रम सरहानीय रहेको जिल्ला समन्वय समितिका संयोजक बाबुराम आर्चायले बताए । साथै उनले सरकारले किसानको प्रतक्ष फाइदा हुने गरि लागु हुने गरि संचालनमा ल्याएको यो कार्यक्रम महत्वपुर्ण रहेको बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्यव अधिकारी जर्नादन अधिकारीले स्थानीय तह तथा यसमा संग्लन प्राविधिकहरुले तत्काल सेवा भावले किसानहरुको सहयोग र उत्पादनमा सघाउ हुने यो कार्यक्रम लाई सफल पार्नुपर्ने बताए ।
पशु प्रजनन केन्द्र नेपालगन्जका पशु विकास अधिकृत डा. खिमानन्द खनालले कृत्रिम गर्भाधारणको लागि आवश्यक पर्ने साम्रगी तथा तापक्रम र सही समय यकिन गरि किसकाहरुलाई गुणस्तरिय सेवा दिनुपर्ने बताए । साथै खनालले प्रदेश सरकारको लगानीको सदुपयोग गरि किसानहको उत्पादनमा सहयोग गर्नुपर्ने बताए ।
कपिलवस्तुको लागि यस वर्ष ७ हजार गाई भैसीमा निशुल्क कृत्रिम गर्भाभारण सेवा दिने र त्यसको लागि २८ लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु विकास निर्देशक डा.प्रवेज आलमले बताए ।
कार्यक्रममा मत्स्य विकाश अधिकृत महेन्द्र यादव, वाणगगा नगरपालिकाका शाखा प्रमुख राज कुमार तिवारी ,कपिलवस्तु नगरपालिकाका भोजराज खनाल, पाराभेट मोती प्रसाद पोखे्रल लगायतले कृत्रिम गर्भाधान सेवाको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया