पोखरीयाको आन्दोलनप्रति राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ऐक्यबद्धता

समाचार

काठमाडौं । पर्सा जिल्लाको पोखरीया नगरपालिका अर्थात जिल्लाको दोश्रो सदरमुकामको रूपमा परिचित पोखरीयामा भइरहेको आन्दोलनप्रति राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ऐक्यबद्धता जनाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिका राष्ट्रिय सदस्य तथा केन्द्रीय नेता नेजामुद्दिन समानीको अगुवाइमा असोज १३ गतेबाट भैरहेको अनिश्चितकालीन धर्नाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष राजेन्द्र महतोले जनाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष महतोले एक विज्ञप्ति जारी गर्दै ‘लोकतन्त्रमा एकजना जनता पनि कुनै विषयमा असन्तुष्ट भै आफ्नो माग मुद्दा अगाडि सारे राज्यले तत्काल सम्बोधन गर्नु पर्दछ तर आज ११ दिन देखि लगातार पोखरीयावासी आन्दोलनमा बस्दा पनि तीनै तहको सरकार मौन बस्नुले गैरजिम्मेवारीताको हद नाघेको मात्रै होइन कि लोकतन्त्र र गणतन्त्र विरोधी पनि रहेको प्रष्ट भएको छ।’ उल्लेख गरेका छन् ।

आम जनताको आधारभुत आवश्यकता र दैनिक कामकाज सहज बनाउने उदेश्यले राखिएका सबै माग मुद्दाहरु तत्काल वार्ता र सम्वादको माध्यमले समाधान गर्न तीनै तहको सरकारसँग आग्रह गर्न उनले भनेका छन् ।

‘रोम जलिरहदा निरोहरुले बासुरी बजाएर बसेको जस्तो व्यवहार नगर्न सचेत गराउन चाहन्छौं। अन्यथा यसबाट उत्पन्न हुने भयानक र असहज स्थितिको लागि तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने छ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ