काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । उनले हर्ष उल्लासका साथ दशैँ मनाउन कुनै पनि नेपालीले कुर्नु नपरोस् भनी कामना गरेका हुन् ।
बुधबार शुभकामना सन्देश जारी गर्दै राजा शाहले खुसि हुन र रमाउन दशै नै पर्खनु पर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसि र सुख प्राप्त गरेको हेर्न पाइयोस भन्दै शुभकामना दिएका छन् ।
राजा शाहले आफुले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि दरबार छाडेको तर, दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने वातावरण नभएको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘बाह्य शक्तिराष्ट्रहरूको दबाव र दुष्प्रभाव नपरी नेपालीहरू दशैँमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सृजना होस् भनी कामनासमेत गर्नुभएको छ। उहाँले भन्नु भएको छ, हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने हाम्रो चाहना हो । बाह्रय शक्तिराष्ट्रहरुको दवाव र दुस्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरुको खेल मैदान नबनोस्, हाम्रो भूमी कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ ।’
‘अहिले परनिर्भता र ऋणको भारले नेपाली थिचिएको बताउनु भएको छ । देशभित्रै युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको भन्दै उनले सन्देशमा भनेका छन्, “युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै छ ।”
राष्ट्र–राष्ट्रहरुको बीचमा विश्वासको संकट चुलिँदै गएको भन्दै सन्देशमा ज्ञानेन्द्रले भनेका छन्, “महाशक्तिहरूबीचको तनाव र स्वयं घोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल शान्त राष्ट्रको रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ ।”
तपाईको प्रतिक्रिया