‘चीनले मात्रै किन पार्टीका नाममा सहयोग दिएछ ?’

समाचार

काठमाडौं । नेपालमा हालै अबिरल वर्षाका कारण भएका जनधनको क्षतिमा चीन सरकारले गरेको सहयोगको बौद्धिक व्यक्तित्वहरुले आलोचना गर्न थालेका छन् ।

हाम्रा कुनै छिमेकी मुलुक वा मित्रराष्ट्रले विपदमा सहयोग वा राहत दिँदा नेपाल सरकारमार्फत दिने गरेका छन् । तर चीनले नेपाल सरकारलाई नभई केही राजनीतिक दलको नाममा सहयोग उपलब्ध गराउन थालेको छ ।

वरिष्ठ सञ्चारकर्मी जीवराम भण्डारीले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले नबुझेको पो हो कि ? बाढीपीडित हुने नेपाली ,त्यो नेपाली जनताको आधिकारिक तालुकदार नेपाल सरकार । नेपाल सरकार मार्फत पीडित जनतालाई कुनै पनि देशले आर्थिक सहयोग ,चन्दा ,दान वा बकस जे दिन मन छ स्वीकृत गरे दिने होला ? यहाँ त पीडितको नाममा पार्टी र उसका नेतालाई चेक हस्तान्तरण गरेको देखिन्छ । यतिमात्र छैन ,हरेक पार्टी खासगरी ६ पार्टीलाई अलग्गै चेक पार्टीनै पिच्छे दिएको सुन्नमा पनि आएको छ ?’

यसमा कांग्रेस ,एमाले ,माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको नाम लिइन्छ । ‘चीनले मात्रै किन पार्टीका नाममा दिएछ ?’ भनी वरिष्ठ सञ्चारकर्मी भण्डारीले आशंका व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘अब अरु देशको पनि पालो आउने होलान् । उनले पनि हेरेकै होलान् ? आखिर पीडित गरिब दुखी नेपाली हुन कि पार्टीको नेतृत्व ? खुट्याउन नसकेर लेखेको ? कुरा चीनको दूतावास र चीन सरकारको । यसअघि भारतले पनि भूकम्प पीडितको नाममा आफ्ना हितका नेतालाई यस्तै ढंगले सहयोग उपलब्ध गराएको अझै याद छदैछ ।’

यसैगरी, राजनीतिक विश्लेषक एवं मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले पनि चीन सरकारको यस्तो कार्यप्रति आलोचनात्मक टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘सरकारलाई सहयोग गर्नु पर्ने । पार्टीलाई होइन, छिमेकीको यो काम अनुचित हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ