रौतहटमा नक्कली घुमुवा प्रहरी लागूऔषधसहित पक्राउ

समाचार

राकेश यादव, रौतहट । जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ स्थित लालबकैया पुल नजिकबाट प्रहरीले नक्कली घुमुबा प्रहरी भन्ने एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीको घुमुबा हुँ भन्दै सर्वसाधारण व्यक्तिलाई चेकजाँच गरी रकम असुल्ने गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट जिगडबा रौतहटबाट खटी गएको गस्ती टोलीले नक्कली घुमुबा प्रहरी भन्नेलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

आइतबार राती साढे नौ बजेको समयमा प्रहरीले चेकजाच गर्ने क्रममा स्थानीय परोहा नगरपालिका २ निवासी रामअवतार वैठाको छोरा वर्ष ३५ को सुनिल कुमार बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन् ।

प्रहरीले पक्राउ परेका बैठाले म प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधरणहरुसँग रकम असुल गर्न खोज्नुका साथै बिभिन्न व्यक्तिहरुको जिउ खानतलासी समेत गर्दै गरेको दाबी गरेका छन्।

लालबकैया पुलस्थित शंका लागी रोकी निजको शरीर तथा झोला चेकजाच गर्दा उक्त झोला भित्र नगद रु१७,९३५।–, नाईट्रोभेट ट्याब्लेट १० पिस, प्र२–०३–०१९प९५३७ नं.को मो.सा.थान १, २२ पुरिया ला.औ.गाँजा (२०० ग्राम), मोबाईल थान १ र cocas DX १ बोतल फेला परेकोले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरिक्षक रायले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ