पलिका संवाद कार्यक्रम

समाचार

कपिलवस्तु । नेपाली कागे्रस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सूरुवात गरेको पालिका संवाद कार्यक्रम शुक्रबारदेखि कपिलवस्तुमा सुरू भएको छ ।

कपिलबस्तु स्थित महराजगन्ज नगरपालिकामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय स्तरमा एवं जनताका समस्या र सरकार तथा पार्टीको गतिविधिबारे तल्लो तहका कार्यक्रतासम्म लैजानको लागि संवाद आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रदेश महामन्त्री तथा पुर्वमन्त्री सुरेन्द्र राज आचार्य, पूर्व केन्द्रीय सदस्य अत्तहर कमल मुसलमान, जिल्ला सभापति अब्दुल कलाम, प्रदेश सदस्य रवि ठाकुर, जिल्ला उपसपति रजतराज आचार्य, सचिव शक्ति सिंह ठकुरी, प्रेम बहादुर रायमाझी, सहसचिव ओजी अरसद, क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, लगायत बोलेको कार्यक्रमको सचालन प्रदेश सदस्य रोमलाल खनालले गरेका थिए ।

कार्यक्रम नगर सभापति रामअचल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै पालिका सवांद बुद्धभुमी नगरपालिकामा पनि सम्पन्न भएको छ ।

माधव दमासेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कागे्रेस प्रदेशले १० वटै पालिकामा संवाद कार्यक्रम गर्ने योजान बनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ