बारा । सुवर्ण गाउँपालिका–३ बक्तौरा नहरबाट अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट चरमोहना र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीलाई देख्नासाथ कञ्चनपुरबाट बक्तौरातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल र बोरा छाडि फरार भएपश्चात बोरा तलासी गर्दा २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया