मिथिला अन्तगृह परिक्रमा तथा विश्राम स्थलको उद्घाटन

समाचार

अजय कुमार सिंह, जनकपुरधाम । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाद्वारा नवनिर्मित भवनको एक समारोह विच सम्पन्न भएको छ ।

नेपाल सरकारका सम्मानीय उपप्रधान तथा सहरी विकास मन्त्री एवं कार्यक्रममा प्रमुख अतिथि प्रकाशमान सिंहले एक समारोह विच उद्घाटन गरेका हुन् ।

नेपालमा विकास निर्माणका क्षेत्रमा शिलान्यास गर्दै जाने र काम समयमा सम्मन्न नहुने भएपछि राज्यको आर्थिक भार बढदै जाने भएकाले यस्ता कार्य नगर्न समेत आग्रह गर्दै स्थानीयसँग समन्वयन गर्दै अगाडी बढदै जानु पर्नेमा जोड दिएका थिए । निर्माण व्यसायीले समयमै काम पुरा गरेकाले सम्मान गर्दा निर्माण व्यवसायीको काम गर्ने हौसल्ला बढने विचार राखे ।

कार्यक्रममा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाका प्रमुख विनोद कुमार यादवले जनकपुरधाम धार्मिक नगरी रहेको र मिथिलाको सांस्कृतिक तथा पौराणिक दृष्टिकोणले विवाह ंपंचमी ,माध्यमिकी अन्तगृह परिक्रमा लगायतका बिषयलाई समेटिएर यसको निर्माण गरिएको बताए ।

कार्यक्रममा अध्यक्षता गरेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले २८ करोडका लागतमा निर्माण हुने योजनाका बारेमा प्रमुख अतिथि प्रकाशमान सिंहसंग आग्रह गर्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो सहित सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादव राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुगाना काग्रेस नेतृ किरण यादव ,मुक्ता यादव लगायत विभिन्न नगरपालिका मेयर तथा विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ