करिब ८५ किलोग्राम गाँजासहित ३ जना पक्राउ

समाचार

पर्सा । वीरगंज महानगरपालिका–१६ बाईपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्रामसहित तीन जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ